Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ

    चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 702
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनको विकासबाट विश्वले नै पाठ सिक्नुपर्ने बताएका छन्।

    बिहीबार बिहान आयोजित चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै उसको विकासबाट पाठ सिक्नुपर्ने बताए।



    उनले चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको बताए ।

    उनले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गरे। मन्त्री श्रेष्ठले कोरोना कालमा नेपाललाई चीन सरकारले गरेको सहयोगको प्रशंसा गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार