Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता झाको राजीनामा स्वीकृत

    मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता झाको राजीनामा स्वीकृत

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 726
    SHARES

    काठमाडौँ । मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले पदबाट दिएको राजीनामा २१ दिनपछि स्वीकृत भएको छ ।

    गत भदौ १८ गते नै उनले आफ्नो पदबाट राजीनामा दिएका थिए तर असोज ९ गते मात्र प्रदेश प्रमुख हरिशंकर मिश्रले उनको राजीनामा स्वीकृत गरेका छन् ।



    राजीनामापछि उनी जनता समाजवादी पार्टी (जसपा) नेपालको सक्रिय राजनीतिमा लागेका छन् ।



    उनी २०७४ फागुन ७ गते मधेशप्रदेशको मुख्य व्यायाधिवक्तामा नियुक्त भएका थिए ।

    मधेस प्रदेश सरकार गठन भएदेखि प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा उनी कार्यरत रहँदै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार