Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मनास्लु आधार शिविरमा हिमपहिरो, ५ आरोही बेपत्ता

    मनास्लु आधार शिविरमा हिमपहिरो, ५ आरोही बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 708
    SHARES

    काठमाडौं । गोरखाको मनास्लुमा हिमालमा एक्कासी आएको हिमपहिरोमा परी ५ हिमाल आरोही बेपत्ता भएका छन् ।

    चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको हो ।



    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पाँचै जना आरोही नेपाली भएको अनुमान गरिएको छ ।



    अहिले उद्धारका लागि हेलिकोप्टर मनास्लु क्षेत्रमा पुगिसकेको कार्यालयका एसपी केदार खनालले जानकारी दिए ।

    मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपालीहरु मनास्लु आधार शिविरमा छन् ।

    स्रोतका अनुसार ३-४ वटा ट्रेकिङ कम्पनीको टोली आधार शिविर पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार