Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेशतर्फ समानुपातिकको मतपत्र छपाइ सकियो, प्रतिनिधि सभाको छापिदैँ

    प्रदेशतर्फ समानुपातिकको मतपत्र छपाइ सकियो, प्रतिनिधि सभाको छापिदैँ

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 921
    SHARES

    काठमाडौं । प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगका अनुसार दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको हो ।

    अब प्रतिनिधि सभातर्फ समानुपातिक मतपत्र छपाइ जारी राखिएको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ गरिएको हो।



    आयोगले करिब चार करोड मतपत्र छपाइ गर्दैछ। अहिलेसम्म प्रतिनिधि सभातर्फ करिब ६० लाख ६५ हजार मतपत्र छपाइ गरिसकिएको छ।



    असोज २५ गतेभित्र यो काम सक्ने गरी मतपत्र छपाइलाई जारी राखिएको छ । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार