Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मनास्लु हिमालमा बेपत्ता भएकी विश्वविख्यात पर्वतारोही हिलारीको शव भेटियो

    मनास्लु हिमालमा बेपत्ता भएकी विश्वविख्यात पर्वतारोही हिलारीको शव भेटियो

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 705
    SHARES

    काठमाडौं । मनास्लु हिमालमा बेपत्ता भएकी अमेरिकाकी चर्चित हिमाल आरोही हिलारी नेल्सनको शव भेटिएको छ ।

    हिमाल आरो नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला परेकी हुन्। गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन्।



    स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन्। ४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोंचमा परेकी थिइन्। नेल्सनको शव भेटिएको र सामागाउँ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



    अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । नेल्सन दुई दशकदेखि हिमाल आरोहणमा संलग्न थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार