Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मनास्लुमा हिमपहिरो : पहिरोमा फसेकाहरुको उद्धारमा समस्या

    मनास्लुमा हिमपहिरो : पहिरोमा फसेकाहरुको उद्धारमा समस्या

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 975
    SHARES

    गोरखा । मनास्लु हिमालमा एक्कासी आएको हिमपहिरोमा परी कम्तिमा १० जना घाइते भएका छन् । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको हो ।

    हिमाल आरोहीलाई अक्सिजनलगायत सामग्री लिएकाहरु हिमपहिरोमा फसेका थिए । उद्धारका लागि हेलिकोप्टर मनास्लु क्षेत्रमा पुगिसकेको भएपनि मौसम खराबीका कारण उद्धारमा कठिनाई भइरहेको छ ।



    बिहान ८ बजेतिर गएको हिमपहिरोमा परी केही आरोहण दलका सहयोगी र भरिया फसेको खबर आएको तर मौसम प्रतिकुल भएकाले उद्धार गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



    घटना भएलगत्तै सामागाउँ प्रहरी चौकीबाट प्रहरी आधार शिविरतर्फ गएका छन् । तर आधार शिविर बस्तीदेखि टाढा रहेको र खराब मौसमका कारण सञ्चार सम्पर्क स्थापित हुन नसकेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार