Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाली सेनाले गर्‍यो मनास्लु क्षेत्रबाट दुई इजरायली र ६ नेपालीको उद्धार

    नेपाली सेनाले गर्‍यो मनास्लु क्षेत्रबाट दुई इजरायली र ६ नेपालीको उद्धार

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 939
    SHARES

    काठमाडौं । नेपाली सेनाले गोरखाको मनास्लु इलाकाको न्याक गाउँमा पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका दुई इजरायली र छ नेपालीलाई उद्धार गरेको छ ।

    केही दिनदेखिको अबिरल वर्षाका कारण पहिरो आएपछि बिहीबारदेखि अलपत्र परेका उनीहरुको आज उद्धार गरिएको हो ।





    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, इजरायली नागरिक ओरी ओरअफ र यरीभ बोर्ट तथा तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाले उद्धार गरी काठमाडौं ल्याइएको हो ।

    उद्धार गरिएका आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार