Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राँगो पछ्याउँदै जाँदा नदीमा बगेर एक जना बेपत्ता

    राँगो पछ्याउँदै जाँदा नदीमा बगेर एक जना बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, १७ असोज २०७९
  • 801
    SHARES

    फाइल तस्विर

    दार्चुला । दार्चुलामा नदीमा बगेर एक जना बेपत्ता भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ थलाका अन्दाजी ४० वर्षीय बहादुर सिंह बोहरा चमेलिया नदीमा बगेर बेपत्ता भएका हुन् ।

    मन्दिरमा बलीका लागि तयार पारिएको राँगो अचानक भागेर चमेलिया नदीमा पसेको थियो । त्यसपछि उनी त्यही राँगोलाई पछ्याउँदै चमेलिया नदीमा पसेका थिए ।



    नदीमा पसेका उनलाई नदीले बगाएर बेपत्ता भएको इलाका प्रहरी गोकुलेश्वरले जनाएको छ ।



    बोहराले पछ्याइरहेको राँगोलाई चमेलियाले बगाए पनि राँगो भने फेला पारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बेपत्ता पुरुषको भने खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार