Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १८ असोज २०७९
  • 579
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार १२७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    यही अवधिमा ६६ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    योसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय ९८ जनामा झरेको छ ।



    यसैबीच २४ घण्टामा तीन हजार ६ सय ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ९८ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार