Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, १९ असोज २०७९
  • 738
    SHARES

    काठमाडौं । देशभर थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    ९ सय ८७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।



    पछिल्लो २४ घण्टामा ७६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७३२ पुगेको छ ।



    यस्तै थप ९ हजार ५११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना महामारीमा १२ हजार १८ जनाले ज्यान गुमाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार