Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • पहिलो एकदिवसीय क्रिकेट : भारत दक्षिण अफ्रिकासँग ९ रनले पराजित

    पहिलो एकदिवसीय क्रिकेट : भारत दक्षिण अफ्रिकासँग ९ रनले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 777
    SHARES

    एजेन्सी । घरेलु टोली भारत पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकासँग पराजित भएको छ ।

    लखनउमा भएको खेल वर्षाको कारण ४० ओभरमा झारिएको थियो । पहिलो खेलमा भारतलाई दक्षिण अफ्रिकाले ९ रनले हरायो ।



    जितसँगै तीन खेलको श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दक्षिण अफ्रिकाले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रन मात्र बनाउन सक्यो ।



    भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो एकदिवसीय आइतवार तथा अन्तिम खेल मंगलवार हुनेछ । यसअघि भएको टी–२० श्रृंखला भारतले जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार