Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अपडेट

    जुम्ला पहिरो : मृत्यु हुनेको संख्या ७ पुग्यो

    जुम्ला पहिरो : मृत्यु हुनेको संख्या ७ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    जुम्ला । जुम्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको हो ।

    शनिबार बिहान ४:०५ बजे सुतिरहेको अवस्थामा घर माथिबाट पहिरो आई घर भत्किएको थियो । बेपत्ता भएकी २२ वर्षकी विद्या शाही मृत अबस्थामा भेटिएसँगै मृतकको संख्या ७ पुगेको हो ।



    घरमुली ५५ वर्षीया गणेशबहादुर शाही, उनका २२ वर्षीया छोरा रमेशबहादुर शाही, ९ वर्षका अनमोल शाही ६ वर्षका मिलन शाही, उनकी श्रीमती पानसरा शाही २४ वर्षीया सुरेन्द्र हमालको बिहानै मृत्यु भएको थियो ।



    यस्तै घाइते वर्ष ५० की सरस्वती हमाल र रामबहादुर हमालको अबस्था पनि नाजुक रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार