Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानसेनापति शर्मा र पाकिस्तानका राजदूतबीच शिष्टाचार भेट

    प्रधानसेनापति शर्मा र पाकिस्तानका राजदूतबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 675
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेटघाट गरेका छन्।

    मंगलबार प्रधान सेनापति र राजदूतबीच जङ्गी अड्‍डामा भेट भएको हो। नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा भेटघाट गरेका हुन्।



    उक्त भेटघाटमा प्रधान सेनापति महारथी शर्माले महामहिम राजदूतले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिए।



    भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार