Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, ५९८ जना सक्रिय संक्रमित

    पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, ५९८ जना सक्रिय संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 705
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४३ जनाको पीसीआर परीक्षणमा ४५ जना र ९८० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा कोरोनाबाट २२ जना निको भएका छन् भने हाल देशभर ५९८ जना सक्रिय संक्रमित रहेका छन् ।



    बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ८२ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार