Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • क्रिमिया जोड्ने पुल विस्फोटमा संलग्न भएको आरोपमा ८ जना पक्राउ

    क्रिमिया जोड्ने पुल विस्फोटमा संलग्न भएको आरोपमा ८ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २७ असोज २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । क्रिमियालाई रुससँग जोड्ने पक्की पुलमा गत शनिबार विस्फोट गराइएको घटनामा संलग्न भएको आरोपमा ८ जनाजना पक्राउ परेका छन् ।

    सन् २०१४ मा रुसले युक्रेनको क्रिमियालाई आफ्नोमा गाभेको थियो ।



    क्रिमियालाई जोड्नेगरी सन् २०१८ मा निर्माण सम्पन्न भई राष्ट्रपति भ्लादिमिर पुटिनले उद्घाटन गरेको उक्त पुलबाटै रुसले आफ्ना प्रमुख व्यापारिक गतिविधि सञ्चालन गर्दै आएको थियो ।



    तर, विस्फोटक पदार्थ राखिएको ट्रक पुलमा विस्फोट गराइएपछि रुसको व्यापारिक गतिविधिमा धक्का लागेको छ । यसअघि रुसी प्रमुख सुरक्षा निकाय एफएसबीले घटनाका पछाडि किभको हात रहेको आरोप लगाएको थियो ।

    बुधबार एफएसबीले उक्त घटनामा संलग्न भएको दाबी गर्दै ५ जना रुसी तथा ३ जना युक्रेनी र अर्मेनियाली नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार