Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मधेस सरकारबाट कांग्रेस, माओवादी र एसका मन्त्री हटाउने तयारी

    मधेस सरकारबाट कांग्रेस, माओवादी र एसका मन्त्री हटाउने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २७ असोज २०७९
  • 1.1K
    SHARES

    धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा सत्तारुढ गठबन्धन दलमा आबद्ध सबै मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

    संघीय सरकारले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाएसँगै मधेस सरकारले पनि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरुलाई हटाउने तयारी गरेका हुन् ।



    मधेस प्रदेशमा अहिले जसपा‚ नेपाली कांग्रेस‚ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त सरकार छ ।



    प्रदेशमा कांग्रेसकाको तर्फबाट ३ मन्त्रीहरू भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव‚ खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा र महिला बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र मा‌ओ‌वादी केन्द्रको तर्फबाट गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह र गृह तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण रहेका छन् ।

    यसैगरी एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेका उद्योग‚ वन‚ पर्यटन तथा वातावरणमन्त्री शत्रुघन महतो र प्रदेशसभा तथा कानुनमन्त्री प्रमोद यादवलाई बर्खास्त गर्ने तयारी छ ।

    जसपाले सत्ता गठबन्धन छाडेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव बर्खास्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार