Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेसका मन्त्री हटाएर देउवालाई जवाफ दिंदै मुख्यमन्त्री राउत

    कांग्रेसका मन्त्री हटाएर देउवालाई जवाफ दिंदै मुख्यमन्त्री राउत

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असोज २०७९
  • 2.8K
    SHARES

    धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

    संघीय सरकारले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाएसँगै मुख्यमन्त्री राउतले पनि नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारी गरेका हुन् ।



    कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् ।



    उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेको जसपा स्रोतले जनाएको छ ।  मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्रीहरुलाई राजीनामा नदिए आजै पदमुक्त गर्ने तयारी गरेका छन् ।

    जसपाले सत्ता गठबन्धन छाडेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव बर्खास्त गरेका थिए ।

    सोही कारण मधेश प्रदेश सरकारको नेतृत्वको गरेको जसपाले कांग्रेसका मन्त्री हटाएर देउवालाई जवाफ फर्काउन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार