Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मुख्यमन्त्री राउतद्धारा कांग्रेसका तीन मन्त्री बर्खास्त

    मुख्यमन्त्री राउतद्धारा कांग्रेसका तीन मन्त्री बर्खास्त

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असोज २०७९
  • 732
    SHARES

    धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

    संघीय सरकारले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाएसँगै मुख्यमन्त्री राउतले पनि नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाएका हुन् ।



    प्रदेश सरकारमा कांग्रेसका रामसरोज यादव भौतिक पूर्वाधार तथा यातायात, वीरेन्द्र सिंह महिला बालबालिका तथा खेलकुद र ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा मन्त्री थिए।



    मुख्यमन्त्री राउतले बिहीबार बेलुका नै तीनै जनालाई फोन गरी राजीनामा गर्न आग्रह गरे पनि नमानेपछि तीनै जनालाई बर्खास्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

    जसपाले सत्ता गठबन्धन छाडेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ,

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव बर्खास्त गरेका थिए ।

    सत्ता गठबन्धनकै अरू दुई घटक नेकपा (एकीकृत समाजवादी) र माओवादीका मन्त्रीलाई भने मुख्यमन्त्री राउतले निरन्तरता दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार