Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • देशभर थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

    देशभर थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 672
    SHARES

    काठमाडौं । देशभर थप ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    १ हजार ७६३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४५ तथा एन्टिजेन विधिबाट ७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ६६७ पुगेको छ ।



    यता ३० हजार ८७६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । नेपालमा कोरोना महामारीमा १२ हजार १८ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार