Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ओलीको कारणले समाजवादमा जाने संकल्पमा धक्का लाग्यो : पम्फा भुसाल

    ओलीको कारणले समाजवादमा जाने संकल्पमा धक्का लाग्यो : पम्फा भुसाल

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 600
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपमहासचिव तथा ऊर्जामन्त्री पम्फा भुसालले अग्रगमनका लागि गठबन्धन बनाएको बताएकी छन् ।

    ललितपुर आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै भुसालले यस्तो बताएकी हुन् । उनले एमाले अध्यक्ष ओलीको कारणले समाजवादमा जाने संकल्पमा धक्का लागेको आरोप लगाइन् ।



    उनले भने, ‘हामी समाजवादमा जाने संकल्पको साथ अगाडि बढेका थियौँ ।



    तर, संविधान र व्यवस्थामाथि नै खतरा परेपछि त्यसको विरुद्ध हामी सडक र न्यायपालिकाको ढोकामा पुग्न बाध्य भयौँ । त्यही परिस्थितिमा अग्रगमनका लागि गठबन्धन बनाएका हौँ ।’

    आर्थिक समृद्धिका साथै जनताको जीवनस्तरमा समेत आफूहरूले सुधार गरेका बताइन् । जनताबाट अनुमोदित भएर जनताको समस्या समाधान गर्न लाग्ने उनको भनाइ छ । उनी ललितपुर ३ की गठबन्धनका साझा उम्मेदवार समेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार