Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कम्युनिष्ट आन्दोलन फुटको स्थितिमा छ : पम्फा भुसाल

    कम्युनिष्ट आन्दोलन फुटको स्थितिमा छ : पम्फा भुसाल

    अनलाइन नेपाल
  • शनिबार, ६ साउन २०८०
  • 465
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले एकीकृत हुनुपर्ने बेलामा कम्युनिष्टहरु छरिएको स्थितिमा रहेको बताएकी छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले मुलुकमा बलियो कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताएकी हुन् ।



    भुसालले भनिन्,‘अहिले एउटा बलियो कम्युनिष्ट पार्टी चाहिएको छ । तर बिडम्वना हाम्रो कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा छ । त्यसलाई एकीकृत, केन्द्रिकृत गर्ने प्रयास भएका थिए, एउटै नेकपा पनि बनायौँ हामीले जनताको जनमत पनि इतिहास कायम गर्नेगरी प्राप्त गरेका थियौँ । तर एकता कामय भइरहन सकेनौँ।’



    तर बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने भन्दै उनले समाजवादी मोर्चा त्यसकै प्रयास भएको धारणा राखिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार