Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • स्रोत नखुलेको २० लाखसहित दुईजना पक्राउ

    स्रोत नखुलेको २० लाखसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 717
    SHARES

    धनुषा। धनुषामा स्रोत नखुलेको २० लाख रूपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सुनसरीको इनरूवा नगरपालिका ६ का २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरी टोलीले दुवै जनालाई नगदसहित पक्राउ गरेको हो ।



    गएराति प्र–०१–०२–०४६ प.५६३१ नम्बरको मोटरसाइकलमा सवार युवामाथि धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरस्थित नहरचोकमा चेकजाँच गर्ने क्रममा कालो रंगको झोलाभित्र उक्त रकम बरामद भएको थियो ।

    उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग काठमाडौं पठाउने तयारी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार