Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुईजना प्रहरी फन्दामा

    स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुईजना प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 2.5K
    SHARES

    वीरगन्ज । वीरगन्जको आदर्शनगरस्थित एक मलबाट स्रोत नखुलेको ठूलो रकम सहित दुईजना पक्राउ परेका छन् ।

    वीरगन्ज महानगरपालिका–६ स्थित रुंगटा मार्केट भित्रबाट शुक्रबार दिउँसो स्रोत नखुलेको २२ लाख ५ हजार रुपैयाँसहित दुईजना पक्राउ परेका हुन् ।



    वडा प्रहरी कार्यालय विर्ताको टोलीले स्रोत नखुलेको २२ लाख ५ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



    विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले मल भित्र रहेको आईएमईमा छापामारी पैसा सहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेकाको पहिचान भने प्रहरीले खुलाएको छैन । उनीहरुमाथि थप सोधपुछ भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार