Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • स्रोत नखुलेको झण्डै १४ लाख नगदसहित भारतीय नागरिक पक्राउ

    स्रोत नखुलेको झण्डै १४ लाख नगदसहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 714
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँ नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आइतबार बुद्ध एयरको विमानबाट काठमाडौंदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।



    उनको साथबाट एक हजार दरका चार सय ८४ थान र पाँच सय रुपैयाँ दरका एक हजार आठ सय १० थान गरी जम्मा १३ लाख ८९ हजार रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।



    अलीमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार