Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्रोत नखुलेको ५२ लाख नगदसहित दुई जना पक्राउ

    स्रोत नखुलेको ५२ लाख नगदसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 663
    SHARES

    सप्तरी । प्रहरीले सप्तरीबाट स्रोत नखुलेको ५२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बोदेबर्साइन-९ देउरी बस्ने ३२ वर्षीय रामविलास साह तेली र वडा ७ बस्ने ५० वर्षीय मायानन्द झा रहेका छन् । उनिहरुलाई प्रहरीले बोदेबरसाइन नगरपालिका-५ बरसाइन बजारबाट पक्राउ गरेको हो ।



    उनीहरूले बरसाइन बजारमा रहेको कौशल किशोर यादवको घरको कोठा भाडामा लिएका थिए। आइतबार बिहान साढे ११ बजे उक्त कोठामा हुन्डी कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।



    खोजी गर्नेक्रममा खाटमाथि कपडाले छोपेर राखेको अवस्थामा २८ लाख ८९ हजार ५ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।

    यस्तै रामविलास तेलीले बोकेको कालो ब्यागबाट १५ लाख र मायानन्दले बोकेको झोलामा ९ लाख बरामद भएको हो। प्रहरीले उनीहरूबाट जम्मा ५२ लाख ८९ हजार ५ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

    साथै हिसाब लेखिएको पाँच वटा कापी पनि प्रहरीले बरामद गरेको हो। उनीहरूमाथि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार