Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • स्रोत नखुलेको साढे पाँच लाखसहित एकजना पक्राउ

    स्रोत नखुलेको साढे पाँच लाखसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 792
    SHARES

    कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रकमसहित एकजना पक्राउ परेका छन् ।

    अर्घाखाँची सन्धीखर्क नगरपालिका –१ मिडियाचोक बस्ने वर्ष ३९ का मुक्ति खनाल ५ लाख ५२ हजार ८ सय भारतीय रूपैयाँसहित पक्राउ परेका हुन् ।



    उनको साथबाट ५ लाख ५२ हजार ८ सय रूपैयाँ स्रोत नखुलेको भारतीय रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।



    खनाललाई यशोधरा गाउँपालिका –७ मर्यादापुरस्थित खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा तौलिहवाबाट मर्यादापुर जाँदै गरेको लु १६ प ४११७ नम्बर मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जनाएको छ ।

    खनाललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व भन्सार कार्यालय रुपन्देही पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार