Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • नवौं राष्ट्रिय खेलकुद : खेलका क्रममा मृत्यु भएका थापालाई मानार्थ स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : खेलका क्रममा मृत्यु भएका थापालाई मानार्थ स्वर्ण

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 825
    SHARES

    पोखरा । नवौं राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु हुँदा अभ्यास खेललाई आधार मानेर पदक वितरण गरिएको छ ।

    यसै खेलका क्रममा मृत्यु भएका खेलाडी निसिम थापालाई  मानार्थ स्वर्ण पदक वितरण गरिएको हो । आर्मीका तर्फबाट प्रतिस्पर्धामा सहभागी थापाको ३० असोजमा प्याराग्लाइडिङबाटै खसेर मृत्यु भएको हो ।



    उनको मृत्युपछि प्याराग्लाइडिङका सबै खेल बन्द गरिएको छ भने देशभर प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लगाइएको छ । निसिमको अर्धकदको शालिक राखिने भएको छ ।



    पोखरा रंगशालामा उनको शालिक राख्ने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ । बुधबार साँझ बसेको बोर्ड बैठकले मृतक खेलाडीको सम्मानस्वरूप शालिक बनाउने निर्णय गरिएको बोर्डले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार