Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सशस्त्रका आईजीपी अर्यालद्वारा नवौं राष्ट्रिय खेलकुदका विजेता खेलाडीहरूलाई सम्मान

    सशस्त्रका आईजीपी अर्यालद्वारा नवौं राष्ट्रिय खेलकुदका विजेता खेलाडीहरूलाई सम्मान

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 882
    SHARES

    काठमाडौं । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९’मा सहभागी भई विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्न सफल सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबका खेलाडीहरूलाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले खेलाडीहरूलाई मंगलवार सम्मान गरेका हुन् ।

    सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्वयम्भू हल्चोकमा आयोजित एक कार्यक्रममा खेलाडीहरूलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले खेलाडीहरूले विभिन्न विधामा सहभागी भई हासिल गरेको पदकले खेलाडीहरुको मात्र नभई संगठनको नामसमेत उच्च बनाएको बताए ।



    उनले आगामी दिनमा खेलाडीहरूले अझ अनुशासित, मेहनती र लगनशील भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरूमा समेत उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।



    उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लबका खेलाडीहरूले विभिन्न विधामा हासिल गरेको राष्ट्रिय कीर्तिमानको प्रशंसा गर्दै उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरूलाई संगठनको तर्फबाट आगामी दिनमा थप सेवा र सुविधा प्रदान गरिने घोषणा गरे ।

    महानिरीक्षक अर्यालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल एपीएफ क्लबका खेलाडीलगायत सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

    गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानहरूमा सञ्चालन भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लबले ६५ स्वर्ण, ७२ रजत र ८२ कास्य गरी कुल २ सय १९ पदकसहित दोश्रो स्थान हासिल गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार