Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • भव्य समारोहबीच नवौँ राष्ट्रिय खेलकुद सम्पन्न, दशौं संस्करण कर्णालीमा

    भव्य समारोहबीच नवौँ राष्ट्रिय खेलकुद सम्पन्न, दशौं संस्करण कर्णालीमा

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 822
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा असोज २८ गते औपचारिक रुपमा सुरु भएको नवौँ राष्ट्रिय खेलकुदको बिहीबार सम्पन्न भएको छ ।

    पोखरास्थित पोखरा रंगशालामा भव्य कार्यक्रमकाबीच राष्ट्रिय खेलकुदको समापन भएको हो ।



    प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा राष्ट्रिय खेलकुदको समापन भएको हो । समापन समारोहमा सहभागी टिमले मार्चपास गरे ।



    समापन समारोहमा दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण समेत गरिएको छ । दशौं संस्करण २०८१ मा कर्णालीमा आयोजना हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार