Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नवौं राष्ट्रिय खेलकुद : टिम च्याम्पियन बन्दै आर्मीले उचाल्यो ट्रफी

    नवौं राष्ट्रिय खेलकुद : टिम च्याम्पियन बन्दै आर्मीले उचाल्यो ट्रफी

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 933
    SHARES

    पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । ३६ खेलमा ३९६ स्वर्ण पदकका लागि भएको प्रतिष्प्रर्धामा आर्मी १७२ स्वर्ण पदकसहित लगातार तेस्रो पटक च्याम्पियन बनेको हो ।

    आर्मीले १७२ स्वर्णसहित १०९ रजत ८९ कास्य पदक गरी ३७० पदकसहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त गरेको छ । आर्मीले यस अघिका सातौं र आठौं संस्करणको उपाधि समेत जितेको थियो ।



    ६४ स्वर्ण ७३ रजत र ८१ कास्य गरी २१८ पदकसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लव दोश्रो, ६१ स्वर्ण ६१ रजत र ७३ कास्य पदक गरी १९५ पदकसहित नेपाल प्रहरी क्लव तेश्रो भएको छ ।



    घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरुमध्ये पहिलो हुन सफल भयो । वागमती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्य गरी १२० पदक सहित समग्रमा थौचो भएको हो । वागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदक गरी १४५ पदकसहित पाँचौं स्थानमा रहेको छ ।

    प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदक सहित छैटौं भएको छ । १० स्वर्ण, १० रजत ४३ कास्य पदकसहित सुदुरपश्चिम प्रदेश सातौं, एनआरएनए १० स्वर्ण ९ रजत ७ कास्य पदकसहित आठौं, ६ स्वर्ण २२ रजत र ४० कास्य पदकसहित लुम्बिनी प्रदेश नवौं स्थानमा रहेको छ ।

    मधेश प्र्रदेश दशौं स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौै स्थानमा रहेको छ । मधेष प्रदेशले ५ स्वर्ण ८ रजत र २६ कास्य पदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कास्य पदक जितेको हो ।

    सुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिष्प्रर्धा हुने घोषणा गरिए पनि प्याराग्लाईडिङ, पौडी र आर्चरीमा २/२ स्वर्ण पदक र स्क्वास र सफ् टेनिसमा एक एक स्वर्ण पदकको लागि खेल स्थगित भएको प्रविधिक संयोजक हिमाल दाहालले बताए । गण्डकी प्रदेशका ८ जिल्लामा उक्त प्रतियोगिता भएको हो भने सुटिङ र पुरुष क्रिकेट काठमाडौंमा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार