Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कर्णाली प्रदेशमा भेट्ने बाचासहित नवौं राष्ट्रिय खेलकुदको समापन

    कर्णाली प्रदेशमा भेट्ने बाचासहित नवौं राष्ट्रिय खेलकुदको समापन

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 1.6K
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद समापन भएको छ । २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा भेट्ने बाचा गर्दै खेलकुद समापन भएको हो ।

    पोखरा रंगशालामा भएको भव्य समारोहकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिता समापन गरेका हुन् ।



    प्रतियोगिताको समापन गर्दै प्रधानमन्त्री देउवाले देशमा राजनीतिक स्थायित्व कायम भएसँगै अरु क्षेत्रसँग सँगै खेलकुदलाई पनि व्यवस्थित तवरल अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।



    राष्ट्रिय खेलकुद लगायतका अन्य खेल प्रतियोगितालाई नियमित तवरमा आयोजना गर्न सरकार प्रतिवद्ध रहेको बताए । समापन समारोहमा प्रतियोगिताका दौरान मृत्यु भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरिएको थियो ।

    यस्तै सहभागी टिमका खेलाडीले मार्चपास गरेका थिए । उद्घाटन समारोहको तुलनामा समापन समारोहमा स्थानीयबासिन्दाको उपस्थिति धेरै थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार