Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नवौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलको स्वर्ण एपीएफलाई

    नवौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलको स्वर्ण एपीएफलाई

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 750
    SHARES

    कास्की । सशस्त्र प्रहरीको एपीएफ क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ ।

    बिहीवार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा स्तब्ध बनाउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।



    एपीएफले आर्मीलाई पेनाल्टी सुटआउटमा ६–५ अन्तरले पराजित गरेको हो ।



    यसअघि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार