Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • नवौं राष्ट्रिय खेलकुदको समापनका लागि प्रधानमन्त्री देउवा पोखरामा

    नवौं राष्ट्रिय खेलकुदको समापनका लागि प्रधानमन्त्री देउवा पोखरामा

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 885
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुगेका छन् ।

    पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय खेलकुदको समापन समारोहका लागि प्रधानमन्त्री देउवा पोखरा पुगेका हुन् ।



    प्रधानमन्त्री देउवाले प्रतियोगिताको च्याम्पियन टोलीलाई रनिङ शिल्ड प्रदान गर्नेछन् ।



    समारोहमा प्रधानमन्त्री देउवासहित युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, प्रदेशका मन्त्रीहरु, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार