Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने – सत्ता गठबन्धनको उद्देश्य देश बनाउने होइन,एमाले सिद्ध्याउने हो

    एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने – सत्ता गठबन्धनको उद्देश्य देश बनाउने होइन,एमाले सिद्ध्याउने हो

    अनलाइन नेपाल
  • मंगलबार, ८ कार्तिक २०७९
  • 666
    SHARES

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन्।

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।



    उनले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धाउन मात्रै ध्यान केन्द्रीत रहेको बताए।



    एमालेको उद्देश्य राजनीतिक स्थायीत्व, मुलुकको विकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको भनाइ छ ।

    नीतिहित, सिद्धान्तहिन र अस्थीरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई विकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए ।

    अहिले पनि मुलुकको राजनीतिलाई प्रदुषित गर्ने अपराधिक धन्दा चलिरहेको भन्दै पोखरेलले त्यसले सिर्जना गरेका भ्रमहरुलाई एमालेले चिर्ने जिकिर गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार