Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ९५ प्रतिशत सिटमा सत्ता गठबन्धनको जीत सुनिश्चित छ : आरजु राणा

    ९५ प्रतिशत सिटमा सत्ता गठबन्धनको जीत सुनिश्चित छ : आरजु राणा

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 711
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकी छन् ।

    आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा.देउवाले यस्तो बताएकी हुन् ।



    उनले वर्तमान सरकारले गरेका राम्रा कामका साथै कांग्रेसजस्तो पुरानो प्रजातान्त्रिक शक्तिको नेतृत्वलाई नै नेपाली जनताले रुचाइएकाले पनि आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरिन् ।



    देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ–आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापीरुपमा आतुर रहेकाले जीत सुनिश्चित रहेको बताइन् ।

    उनले भनिन्, ‘चुनावै हो, हामी सय प्रतिशत भन्न सक्दैनौँ। तर, ९५ प्रतिशत सिटमा हाम्रो जित हुन्छ भने दाबीको साथ भन्न सक्छौँ।’

    नेतृ राणा आइतबार छठ पर्वका अवसरमा पूजा एवं दर्शन गर्न जनकपुरधाम आएकी हुन् । उनले आज दिउँसो जनकपुरधामस्थित गङ्गासागरमा छठ पर्वको व्रत एवं पूजाको अवलोकन गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार