Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको मृत्यु

    भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 705
    SHARES

    काठमाडौं । भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या ७८ पुगेको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयौँ मानिस खोलामा डुबेका छन् ।

    खोलामा डुबेकामध्ये ८० जनाको भने उद्धार गरिएको बताइएको छ । पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ ।



    घाइते भएका ७० जनालाई अस्पताल लगिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ ।



    पाँच दिन पहिले मात्रै यो पुलको मर्मतसम्भार गरी आवतजावतका लागि खोलिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार