Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतको गुजरातमा झोलुङ्गे पुल खसेको घटनामा ९ जना पक्राउ

    भारतको गुजरातमा झोलुङ्गे पुल खसेको घटनामा ९ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 585
    SHARES

    एजेन्सी । भारतको गुजरातमा एउटा झोलुङ्गे पुल खसेको घटनामा नौं जना पक्राउ परेका छन् ।

    घटनापछि प्रहरीले पुल सञ्चालन गर्ने ठेकेदार, मेनेजर, टिकट बिक्रेता र सुरक्षागार्डसमेत गरी नौ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।



    मोरवी नगरपालिकाको स्वामित्वमा रहेको पुल औद्योगिक घरना ओरेवा ग्रुपले सञ्चालन गरिरहेको थियो ।



    यस्तै झोलुङ्गे पुल खस्दा कम्तीमा एक सय ४१ जनाको ज्यान गएको छ । मोरबी सहरमा रहेको पुल खस्दा झन्डै चार सय जना मानिस मच्छु नदीमा खसेका र तीमध्ये एक सय ४१ जनाको ज्यान गएको बताइएको छ ।

    एक सय ७७ जनाको उद्धार गरिएको छ । हराएकाहरूको खोजी भइरहेको छ । दुई सय ३० मिटर लामो पुल १९ औँ शताब्दीमा भारतमा बेलायतले शासन गर्दा निर्माण भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार