Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १५० पुग्यो, ५० बेपत्ता

    गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १५० पुग्यो, ५० बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 654
    SHARES

    काठमाडौं । भारतको गुजरातमा एउटा झोलुङ्गे पुल चुडिंदा करीब डेढ सय जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता छन् ।

    गुजरातको राजधानी अहमदावादबाट दुई सय किलोमिटर टाढा पर्ने मोर्बीस्थित मच्छुखोलामाथिको झोलुङ्गे पुल आइतबार साँझ अत्यधिक भारका कारण चुडिएको हो ।



    पुल चुडिंदा पुलमाथि कम्तिमा चार सय जना रहेको बताइएको छ । आज सोमबार बिहानसम्म मृतकको संख्या डेढ सय नजिक पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।



    खोलामा खसेका ५० जना अझै बेपत्ता छन् भने एक सय ७७ जनालाई जिवितै उद्धार गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार