Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्वोच्चको आदेशपछि धितोपत्र बोर्डले तत्काललाई रोक्यो लाइसेन्स दिने प्रक्रिया

    सर्वोच्चको आदेशपछि धितोपत्र बोर्डले तत्काललाई रोक्यो लाइसेन्स दिने प्रक्रिया

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 741
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले लाइसेन्स सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ ।

    सर्वोच्च अदालतको अल्पकालीन आदेशका कारण लाइसेन्स वितरणको प्रक्रिया रोकिएको हो ।



    नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि स्थगन भएको बताइएको छ ।



    सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई कात्तिक ४ गते नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल अघि नबढाउन भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

    अर्को आदेश नआउन्जेल कुनै पनि प्रक्रिया अघि नबढ्ने बोर्डले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार