Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमलाई डिजेलमा १२ रुपैयाँ नोक्सान

    भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमलाई डिजेलमा १२ रुपैयाँ नोक्सान

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 876
    SHARES

    फाइल तस्बीर

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेलको मूल्य बढाएर पठाएको छ ।

    नेपाल आयल निगमलाई आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ६ रुपैयाँ बढेर आएको छ भने पेट्रोल प्रतिलिटर ६० पैसा बढेर आएको हो ।



    नयाँ मूल्यसूचीपछि आयल निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ नोक्सान हुने भएको छ ।



    पेट्रोल तथा हवाई इन्धनमा भएको नाफाका कारण हाल समग्रमा निगम नाफामै छ ।

    आईओसीले निगमलाई कच्चा तेलको मूल्य र आफ्नो लागत खर्चलाई समेत समायोजन गर्दै १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ ।

    अन्तर्राष्ट्रिय बजारमा मंगलबार १ बजे डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ८७ डलर, ब्रेन्टको ९४ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार