Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • आईओसीले पठायो नयाँ मूल्य सूची, घटेर आयो पेट्रोलको मूल्य

    आईओसीले पठायो नयाँ मूल्य सूची, घटेर आयो पेट्रोलको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 2.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाललाई बिक्री गर्ने पेट्रोलको मूल्य घटाएर पठाएको छ।

    इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा पठाउने पेट्रोलियमको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।



    अब सोही मूल्यका आधारमा नेपाल आयल निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।



    आइओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने निगमको तयारी छ । त्यसपछि मात्रै देशभरको इन्धनको नयाँ मूल्य तय हुन्छ । पछिल्लो पटक गत असार १७ गते निगमले इन्धनको मूल्य समायोजन गरेको थियो ।

    नयाँ मूल्यसूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ तथा डिजेलमा साढे ६ रुपैयाँ निगमलाई नाफा छ । समग्रमा निगम पेट्रोलियम पदार्थमा पाक्षिक रुपमै करिब १ अर्ब नाफामा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार