Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सेयर बजार ५६ अंकले बढ्यो,कारोबार रकममा पनि सुधार

    सेयर बजार ५६ अंकले बढ्यो,कारोबार रकममा पनि सुधार

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 864
    SHARES

    फाइल फोटो

    काठमाण्डाै । शेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ ।

    साेमवार १६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से ५६ दशमलव ११ अङ्कले बढेर एक हजार नौ सय ३० दशमलव ९९ विन्दुमा पुगेको छ ।



    आज ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता सेयर १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६ सय ४२ रुपैयाँमा खरिद बिक्री भएको छ । जसमा २७ हजार ९ सय ३२ पटकको कारोबारमा भएको थियो।



    त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली देखिएको छ । आज १८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

    त्यसैगरि, न्यादी हाइड्रोपावरमा १० प्रतिशत र युनिर्भसल पावर कम्पनीमा ९ प्रतिशतको सर्किट लागेको छ ।

    आज एनआईसी एशिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार