Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिमसहित चार प्रदेशको मतपत्र ढुवानी सकियो

    सुदूरपश्चिमसहित चार प्रदेशको मतपत्र ढुवानी सकियो

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 876
    SHARES

    काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको हो ।

    बिहीबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको आयोगले जनाएको छ ।



    शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रदेश नं. १ को मतपत्र ढुवानी सुरु हुने छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ ।



    यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने छ ।

    जसमध्ये अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी छ । शुक्रबारसम्म सबै मतपत्र छपाइ सम्पन्न हुनेछन् भने कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा मतपत्रसमेत पुग्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार