Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कांग्रेस ५७ सिटसहित पहिलो

    प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कांग्रेस ५७ सिटसहित पहिलो

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 891
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत् प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणामअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसले ५७ निर्वाचन क्षेत्र जितेको छ ।

    कांग्रेसले निर्वाचनमा १६५ निर्वाचन मध्ये ९१ मा उम्मेदवारी दिएको मा ६२ प्रतिशत नतिजा निकालेको हो । पाँच दलीय गठबन्धनका साथ चुनावी गएको कांग्रेसले ३४ सिट भने गुमाएको छ ।



    कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालाई ७४ सिट छाडेको थियो । नेकपा एमालेले ४४ वटा निर्वाचन क्षेत्र जितेको छ ।



    यस्तै, नेकपा माओवादी केन्द्रले १७ सिट जितेको छ । नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७/७ सिट जितेको छ ।

    यस्तै, जनता समाजवादीले ७ सिट र लोकतान्त्रीक समाजवादी पार्टीले ४ सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टीले १ सिट जितेको छ ।

    नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १र१ सिट जित हासिल गरेका छन् । स्वतन्त्र ५ उम्मेदवारले जितेका छन् । अब दोलखामा मात्रै मतगणना जारी छ ।

    सो क्षेत्रमा एमालेका बालकृष्ण सिवाकोटीको अग्रता छ । उनलाई माओवादी केन्द्रका माओवादी केन्द्रका गंगा कार्कीले पछ्याइरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार