Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पदीय मर्यादा विपरीत काम गरेको भन्दै मतदान अधिकृत पन्थी पदमुक्त

    पदीय मर्यादा विपरीत काम गरेको भन्दै मतदान अधिकृत पन्थी पदमुक्त

    अनलाइन नेपाल
  • शनिबार, ३ मंसिर २०७९
  • 681
    SHARES

    कपिलवस्तु । कपिलवस्तुमा पदीय मर्यादा विपरीत कार्य गर्ने एक मतदान अधिकृत पदमुक्त भएका हुन् । जिल्लाको क्षेत्र नम्बर ३ (ख) को कृष्णनगर नगरपालिका ४ मा रहेको श्री गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई पदमुक्त गरिएको हो ।

    पन्थीलाई कार्तिक २२ गतेदेखि मतदान अधिकृत पदमा नियुक्त गरिएको थियो । निर्वाचन अधिकृतको कार्यालय चन्द्रौटा, कपिलवस्तुका अधिकृत प्रकाश मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले पन्थीलाई पदमुक्त गरेको हो ।



    कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत प्रकाश मरासिनीका अनुसार अधिकृत पन्थीले निर्वाचनको कार्य सम्पादन गर्दा उच्चस्तरको नैतिक आचरण विपरीत कार्य गरेको हुनाले मतदान अधिकृतको जिम्मेवारीबाट पदमुक्त गरिएको बताए ।



    उनले के कति कारणले कारबाही भएको हो भन्ने सबै कुरा भने खुलाएनन् । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्देशिका २०७९ दफा ८३ (१) बमोजिम पन्थीलाई पदमुक्त गरिएको उनले बताए ।

    उक्त मतदान केन्द्रमा यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरिएको निर्वाचन अधिकृत मरासिनीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार