Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानसेनापति ट्राइ एडभेन्चर मंसिरमा हुने, २५ टिमले प्रतिस्पर्धा गर्ने

    प्रधानसेनापति ट्राइ एडभेन्चर मंसिरमा हुने, २५ टिमले प्रतिस्पर्धा गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 783
    SHARES

    काठमाडौं । नेपाली सेनाको आयोजनामा पाँचौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी मंसिरमा हुने भएको छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने उक्त प्रतियोगिता आगामी मङ्सिर ९ गते हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सेनानी एवं उक्त प्रतियोगिताका निर्देशक राजीव चन्दले जानकारी दिए ।



    उनले उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीले आगामी मङ्सिर १ गतेसम्म टिम दर्ता गराउन पाउनेसमेत बताए । उक्त प्रतियोगितामा निःशुल्क टिम दर्ता गराउन पाइनेछ । दौड, साइक्लिङ र र्‍याफ्टिङ समावेश हुने उक्त प्रतियोगितामा एक टिममा चार खेलाडी सहभागी हुनेछन् ।



    ‘रन-राइड-र्‍याफ्ट’ (दौड-साइक्लिङ-र्‍याफ्टिङ) समावेश प्रतियोगितामा विदेशी १० टिमसहित कूल २५ टिमले प्रतिस्पर्धा गर्ने आयोजक नेपाली सेनाले जनाएको छ ।

    प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले दुई लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी दोस्रो हुने टोलीलाई एक लाख ६० हजार, तेस्रोलाई एक लाख, चौथोलाई २० हजार र पाँचौँलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार