Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • निर्वाचनका लागि सुदूरपश्चिममा म्यादीसहित झण्डै १८ हजार सुरक्षाकर्मी खटाइयो

    निर्वाचनका लागि सुदूरपश्चिममा म्यादीसहित झण्डै १८ हजार सुरक्षाकर्मी खटाइयो

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 1.3K
    SHARES

    कैलाली । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार सात सय बढी सुरक्षाकर्मी खटाइएको छ ।

    निर्वाचनको सुरक्षाका लागि ११ हजार ५ सय ५९ म्यादी र ६ हजार एक सय ६८ प्रहरी तैनाथ रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।



    सबैभन्दा बढी कैलालीमा म्यादी प्रहरी परिचालन गरिएको छ । जिल्लाभित्र हुने निर्वाचन सुरक्षाका लागि २ हजार ८ सय १२ म्यादी प्रहरी परिचालन गरिएको हो ।



    प्रहरी प्रधान कार्यालय, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार सुरक्षा व्यवस्थाका लागि आवश्यक प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार