Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । पूर्वविशिष्ट व्यक्ति तथा बहालको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको जानकारी गराएका हुन् ।



    गृहमन्त्री श्रेष्ठका अनुसार विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत विशिष्ट व्यक्ति तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाइएको हो।



    उनका अनुसार ३१६ सुरक्षाकर्मीमध्ये १९० नेपाल प्रहरी र १२६ सशस्त्र प्रहरी बलका रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार