Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रतिगमन मुर्दावाद भनेर व्यवस्थाको रक्षा हुँदैन : गृहमन्त्री श्रेष्ठ

    प्रतिगमन मुर्दावाद भनेर व्यवस्थाको रक्षा हुँदैन : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 354
    SHARES

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको बताएका छन्।

    आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा गृहमन्त्री श्रेष्ठले यस्तो वताएका हुन् । उनले भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउने बताए ।



    गृहमन्त्री श्रेष्ठले भने, ‘व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था तात्त्विक भिन्नता आउन सकेको छैन। विकास निर्माणले अपेक्षित गति लिन नसकेकोले जनतामा निराशा छाएको छ। अब प्रतिगमन मुर्दावाद भनेर व्यवस्थाको रक्षा हुँदैन । सामाजिक न्यायको क्षेत्रमा काम गरेर जनताले त्यसको अनुभूत गर्ने गरी काम गर्नुपर्छ ।’



    राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा रहेको भन्दै उनले व्यवस्थाविरुद्ध उठेका आवाजविरुद्ध सचेत हुन आवश्यक रहेको बताए ।

    युवाहरू बिदेसिने र पलायन हुने क्रम बढेकोले देश वृद्धाश्रम बन्ने खतरा रहेको उल्लेख गर्दै उनले रेमिटेन्स आयो भनेर खुसी हुने अवस्था नरहेको बताए ।

    युवाहरूमा दुर्व्यसनीको सिकार हुने क्रम बढेकोले सरकारले अब देशैभर हरेक पालिकामा रिह्याब सेन्टर खोल्ने अभियान चलाउने तयारी गरेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार