Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सहकारीका नाममा जनता लुट्नेलाई कारबाही गर्छौं : गृहमन्त्री श्रेष्ठ

    सहकारीका नाममा जनता लुट्नेलाई कारबाही गर्छौं : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 477
    SHARES

    सप्तरी । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीका नाममा जनता लुट्नेलाई कारबाही गर्ने बताएका छन् ।

    सप्तरीको खड्ग नगरपालिकामा प्रस्तावित खड्ग बहुमुखी क्याम्पसको भवन उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले मिटरब्याजी समस्या सामन्तवादको निकृष्ट शोषणको रुप भएको बताए।



    मिटरब्याज पीडितका लागि गर्नसक्ने सबै काम सरकारले गरिरहेको भन्दै श्रेष्ठले यस विषयमा कसैले भ्रमात्मक प्रचार गर्न नहुने पनि बताए ।

    गृहमन्त्री श्रेष्ठले भने, ‘मिटरब्याज पीडतको लागि गर्नसक्ने सबै काम सरकारले गरिरहेको छ । कुनै भ्रम कसैले पाल्नुपर्दैन, कसैले भ्रमात्मक प्रचार पनि गर्नुहुँदैन ।’

    त्यस्तै, सहकारीबाट बचतकर्ताहरू पीडित भएको बताउँदै गृहमन्त्री श्रेष्ठले सबै सहकारी भत्कियो वा बिग्रियो भन्ने भाष्य रहेको बताए ।

    अहिले सहकारीको नियमनको लागि एउटा नियामक निकायको गठन गर्ने निर्णय भएको गृहमन्त्री श्रेष्ठले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार